दफा ३६
शरीरको परीक्षण वा अङ्ग परिवर्तन गर्न, गराउन सक्ने

(१) कुनै पनि व्यक्तिले कानूनको अधीनमा रही आफ्नो शरीरको परीक्षण, उपचार, अङ्ग परिवर्तन वा शरीरको कुनै अङ्गको कुनै अंश वा त्यसको कुनै नमूना सङ्कलन गर्न वा गराउन सक्नेछ ।
(२) कुनै व्यक्ति आफैँले मञ्जुरी दिन नसक्ने गरी अशक्त भएको अवस्थामा संरक्षक वा माथवरले निजको हितको लागि उपदफा (१) बमोजिमको काम गर्न वा गराउन सक्नेछ ।